Headlines News :
Home » , , » कसरी महिलाहरुको स्तनको आकार बढ्छ त हेर्नुस भिडियो

कसरी महिलाहरुको स्तनको आकार बढ्छ त हेर्नुस भिडियो

Written By Unknown on Wednesday, December 3, 2014 | 5:41 AM

बेलायतका एक जना मनोवैज्ञानिकले आफ्नो वक्षस्थलको आकार बढाउन चाहने महिलाहरुका लागि प्रत्यारोपण सर्जरी बाहेकको विकल्प निकालेका छन् । बेलायती मनोवैज्ञानिक फेलिक इकोनोमोकिसले एक मनोवैज्ञानिक उपचारको माध्यमबाट महिलाहरुले आफ्नो स्तनको आकार बढाउन सक्ने दाबी गरेका छन् । हिप्नोटिज्म अर्थात् सम्मोहन भनिने उक्त उपचारका माध्यमबाट महिलाको स्तनको आकार बढ्ने दाबी उनको छ । फेलिक्सले डेलीमेल सँगको कुराकानीमा यस्तो दाबी गरेका हुन् । उनले भनेका छन् की सम्मोहन अर्थात् हिप्नोटिज्मका माध्यमबाट कुनैपनि महिलाको वक्षस्थलको आकार बढाउन सकिन्छ । 

यस्तो उपचारलाई हिप्नोथेरापी भनिन्छ । यो थेरापी अन्तरगत मस्तिष्कको त्यो भागलाई नियन्त्रणमा लिइन्छ जसले सेक्स हर्मोन नियन्त्रण गर्छ र यस्तो नियन्त्रणको माध्यमबाट महिलाको स्तनको आकार बढ्न जान्छ । सुन्दैमा अचम्म लाग्नसक्छ । तर फेलिक्सको यस्तो उपचारको फाइदा लुट्न बेलायतमा कैयौँ युवती उनको क्लिनिकमा आउन थालेका छन् । फेलिक्सले यस्तो उपचारको एक सत्रको १४ सय अमेरिकी डलर लिन्छन् । उनको भनाइमा महिलामा यस्तो अवस्था आउनसक्छ जसले स्तनको विकाश रोकिदिन्छ । सम्मोहन अर्थात् यस्तो लठ्ठाउने उपचारबाट महिलालाई त्यस्तो रोकावटको अवस्थाबाट बाहिर निकालिन्छ र स्तनको विकाश सुचारु हुन्छ ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. iSanchar Nepal - All Rights Reserved
Contents Collected & Published by eVideoBuzz
Proudly powered by Blogger