Headlines News :
Home » , » गरुड पुराण अनुसार आमाको गर्भमा किन कष्ट हुन्छ ? आमाको गर्भमा के सोच्छ शिशु ?

गरुड पुराण अनुसार आमाको गर्भमा किन कष्ट हुन्छ ? आमाको गर्भमा के सोच्छ शिशु ?

Written By Unknown on Sunday, November 23, 2014 | 5:23 AM

आमाको गर्भमा नौ महिना सम्म शिशुको पालन-पोषण हुन्छ । मेडिकल साइन्सको अनुसार गर्भावस्थामा आमाले जे सेवन गर्छिन त्यसो प्रभाव गर्भस्थ शिशुमा पर्ने गर्दछ । यही कुरा कयौं सताब्दी अघि लेखिएको हिन्दु धर्मको ग्रन्थमा पनि लेखिएको थियो । गरुड पुराण अनुसार शिशुलाई आफ्नी आमाको गर्भमा भएदेखि जन्म नहुन्जेल के-के हुन्छ भन्ने स्पष्ट विवरण दिएको छ ।


गरुड पुराणमा बताईए अनुसार शिशुलाई जन्म पछि भन्दा आमाको गर्भमा रहंदाको अवस्थामा अति कष्ट (दुख) भोग्नु पर्छ र उसले आफ्नो कष्टको समयमा कुन भगवानको स्मरण गर्छ भन्ने पनि लेखिएको छ । गर्भमा रहंदा गर्भस्थ शिशुको मनमा के-के विचार आउंछ, यो पनि गरुड पुराणमा बताईएको छ । आज हामी गरुड पुराणमा लेखिएको यही अचम्मको कुराहरु तपाईलाई बताउन गईरहेका छौं, जो यस प्रकार छ-

- गरुड पुराणको अनुसार स्त्रीहरुमा ऋतु कालको समय आएपछि सन्तानको उत्पादन हुने समय जुर्छ, यसै कारण तीन दिन सम्म महिलाहरु अपवित्र रहने गर्छन । ऋतु कालको पहिलो दिन स्त्रीहरु चान्डाली, दोश्रो दिन ब्रह्मघातिनी समान तथा तिस्रो दिन धोबिन समान हुने गर्छन । यी ३ दिनमा नर्कबाट आएका जीव उत्पन्न हुन्छन् ।

-  ईश्वरबाट प्रेरित भएका कामबाट शरीर धारण गर्नको लागि पुरुषको वीर्य विन्दुको माध्यमबाट स्त्रीको गर्भमा जीव प्रवेश गर्छ । पहिलो रातको जीव कण (सूक्ष्म कण), पाँचौं रातको जीव बुदबुद (बुलबुले) को समान तथा दशौँ दिनको जीव एक मांसपेसीको पिण्डको आकारमा देखिन थाल्छ अनि अन्डाको समान हुन्छन् ।

- एक महीनामा मस्तिष्क, दोश्रो महिनामा हात आदि अंगको रचना हुन्छ । तेश्रो महिनामा हड्डी, लिंग, नाक, कान, मुख आदि अंगको रचना हुन्छ । चौथो महिना अनुहार, मांशपेसी, रगत आदिको रचना हुन्छ । पाँचौं महीनामा शिशुलाई भोक-प्यास लाग्ने गर्छ । छैटौं महिनामा शिशु गर्भको झिल्लीबाट ढाकिएर आमाको गर्भमा घुम्न थाल्छ ।

- आमाद्वारा खाईएको अन्न आदि बाट शिशु बढ्न थाल्छ, उक्त शिशुले अब दिशा तथा पिशाब गर्छ जहाँ अनेकौं जीवको उत्पत्ति हुन्छ, यो स्थानमा उक्त शिशु सुत्छ । उक्त स्थानमा सुत्दा शिशुलाई अति कष्ट हुने गर्दछ । त्यहाँ उक्त शिशुलाई अरु जीवले तोक्ने तथा बिभिन्न दुख दिने गर्दछन्, जसको कारण शिशु बार-बार बेहोश पनि हुने गर्दछ । शिशुको आमाले भए नभएका भोजन गर्दा पनि गर्भको शिशुलाई अति कष्ट हुन्छ ।

- त्यस पछी शिशुको मस्तिष्कको भाग तल अनि खुट्टा माथि हुन्छ, यही कारण शिशु यता-उता चल्न सक्दैन । जसप्रकारले शिशु पिंजडाको चरा जस्तै बन्छ । गर्भमा शिशु सात धातुहरुले बाधिएर भयभीत भएर कष्टबाट बाहिर आउने प्राथना गर्दै हात जोडेर ईश्वरको (जसले उसलाई उक्त गर्भमा स्थापित गरेको छ) स्तुति गर्न सुरु गर्छ ।

- सातौँ महीनामा उसलाई ज्ञानको प्राप्ति हुन्छ अनि उसले सोच्न थाल्छ कि म यो गर्भबाट जब बाहिर जान्छु तब इश्वरलाई भुल्छु । यस्तो सोचेर शिशु दु:खी हुन्छ अनि यता-उता घुम्न थाल्छ । सातौं महिनामा शिशु अत्यन्त दु:खबाट वैराग्ययुक्त भएर ईश्वरको स्तुति यसरी गर्छ – लक्ष्मीको पति, जगदाधार, संसारको पाल्नेवाला अनि जो तपाईको सरणमा आए उनको पालन-पोषण गर्नेवाला भगवान विष्णुको म शरणमा पर्न चाहन्छु ।

- गर्भस्थ शिशु भगवान विष्णुको स्मरण गर्दा-गर्दै सोच्न थाल्छ कि हे भगवान ! तपाईको मायाबाट मेरो सरिर बन्दै छ, म यो कष्टदाएक गर्भको संसारबाट बाहिर आउन चाहन्छु, योनिबाट अलग भएर तपाइँको चरणको स्मरण गर्दै फेरी यस्तै उपाय गरुलां, जसको कारण मैले मुक्ति प्राप्त गर्न सकूँ ।

- फेरी गर्भस्थ शिशु सोच्छ- यो दिशा-पिशाब अनि कयौं किटाणुमा पल्टिएको मेरो सरिर, भोक प्यासले छटपटाएको अवस्था र दुखि गर्भावस्थाबाट अलग हुने इच्छा गर्दछु, हे भगवान ! मलाई कहिले यो दु:खबाट बाहिर निकाल्नुहुन्छ ? सबैमा दया गर्ने ईश्वरले मलाई यो ज्ञान दिनु भएको छ, उनै ईश्वरको शरणमा मैले जानु पर्छ, यसैले मेरो पुन: जन्म-मरण हुन उचित छैन ।

- गरुड पुराणको अनुसार आमाको गर्भमा पालिएको शिशुले फेरी सोच्न थाल्छ कि म बाहिर गएँ भने पाप गर्न सक्छु, अरुलाई दु:ख दिन सक्छु । फेरी उसले सोच्न थाल्छ कि यदी म बाहिर गईन भने मैले अरुको उद्दार पनि गर्दिन अनि गर्भमै तुहिएर आफ्नो आत्मालाई शान्त पनि पार्न सक्दिन, म गर्भबाट बाहिर निस्कनै पर्छ अनि भगवानको श्रीष्टिलाई उद्दार गर्नै पर्छ ।

- यसै प्रकार गर्भमा बुद्धि विचार गरि शिशु दश महिनासम्म स्तुति गर्दै-गर्दा प्रसूतिको समयमा आमाको योनीद्वार मार्फत संसारमा जन्म लिन्छ । प्रसूतिको हावा मार्फत उसै समय शिशु श्वास लिन सुरु गर्छ तथा अब उसलाई कुनै पनि कुराको ज्ञान पनि हुँदैन । गर्भबाट अलग भई शिशु ज्ञान रहित हुन्छ, यसै कारण जन्मना साथ् उ रुन थाल्छ ।

- गरुड पुराणको अनुसार जुन समय शिशु कर्म योगद्वारा गर्भबाट बाहीर आउँछ, उसै समय भगवान विष्णुको मायाबाट उ मोहित हुन्छ । मायाबाट मोहित तथा विनाश उ केहि बोल्न सक्दैन अनि बाल्यावस्थाको दु:ख पनि भोग्न सुरु गर्छ ।

यसै प्रकारले शिशुले भगवानले बनाएको नियमलाई पालना गर्दै जान्छ अनि फेरी यौवन अवस्थामा नयाँ गर्भ बनाउने जिम्मेवारी लिंदै आफ्नो जन्मलाई सार्थक बनाउँछ ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. iSanchar Nepal - All Rights Reserved
Contents Collected & Published by eVideoBuzz
Proudly powered by Blogger