काठमाडौं: केटी साथीको अश्लिल भिडियो र फोटो वेबसाइटमा राखेर चरित्र हत्या गर्ने एक युवा प्रहरी फन्दामा परेका हुन् । केटी साथीको भिडियो अश्लिल वेबसाइटमा राखेको अभियोगमा महानगरीय प्रहरी अपराध मशाखा हनुमान ढोकाको टोलीले काठमाडौंको क्षेत्रपाटीका निरज शाक्यलाई शुक्रबार पक्राउ गरेको हो ।
२७ वर्षीय शाक्यलाई आफ्नै सहपाठीको अश्लिल भिडियो वेबसाइटमा राखेको प्रमाणित भएपछि पक्राउ गरिएको महाशाखाले जनाएको छ । शाक्य विरुद्द विद्युत्तीय कारोबार ऐन अन्तरगत मुद्दा चलाउन महानगरीय प्रहरी परिसरमा जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।
Post a Comment