Headlines News :
Home » , » खाजा पसलको नाममा खुलेआम यौन धन्दा

खाजा पसलको नाममा खुलेआम यौन धन्दा

Written By Unknown on Monday, November 10, 2014 | 4:51 AM

खाजा खुवाउने पसलमा यौन क्रियाकलाप गरेको आरोपमा चितवन प्रहरीले दुई पुरुषसहित आठजनालाई समाएको छ। नागरिक दैनिकमा समाचार छ । शुक्रबार साँझ भरतपुरका दुई खाजा पसलबाट उनीहरुलाई समाएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन्। प्रहरीले भरतपुर नगरपालिका वडा नं ९ स्थित केन्द्रीय बसपार्कमा रहेको कालिगण्डकी खाजा घरबाट ३६ वर्षकी एक महिला १८ वर्षका दुई युवतीसहित २६ वर्षको एकजना युवकलाई समाएको छ। सो खाजा घरका साहूले केश मिलाउनपर्‍यो भन्दै प्रहरीलाई पाँच हजार रुपैयाँ घूस दिन लागेको पनि प्रहरीको भनाइ छ। त्यस्तै भरतपुर नगरपालिका वडा नं १० हाकिमचोकमा रहेको प्रियंका खाजा घरबाट प्रहरीले देहव्यपारमा संलग्न भएको आरोपमा थप चारजनालाई पक्राउ गरेको छ। प्रहरीले ३५ वर्षकी एकजना महिला २३ र २४ वर्षका दुई युवती तथा ३५ वर्षका पुरुषलाई समाएको हो।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. iSanchar Nepal - All Rights Reserved
Contents Collected & Published by eVideoBuzz
Proudly powered by Blogger