धनकुटा, कार्तिक २७ । धनकुटाको नाम्जेमा एक आमाले आफ्नै शिशुलाई गुडिरहेको गाडीको चक्कामुनि हालेर ‘हत्या’ गरेकी छन् ।राजारानी–भेडेटार सडकखन्डअन्तर्गत् भेडेटारको नाम्जेमा विहीबार दिउँसो सोही ठाउँकी तिलमाया मगरले मे१ख ३९९ नम्बरको बसको चक्कामुनि छोरीलाई फालेकी हुन् ।
गाडीको पछाडिको चक्काले किचेपछि ३ महिने बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि बालिकाकी आमा तिलमाया, उनका श्रीमान् र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



Post a Comment