पुष्ट वक्षस्थल, टमक्क परेका तिघ्रा, तथा निकै खाईलाग्दा नितम्ब- यस्तै विशेषतायुक्त कृत्रिम यौनसाथीको निर्माण गर्ने कामदारहरुको मुख्य जागिर हो यो । पम्पले फूलाइएका सेक्स डल अर्थात् कृत्रिम पार्टनर निर्माणमा सबैभन्दा अग्रस्थानमा रहेको निंग्बो शहरले चीनमा कृत्रिम सेक्स पार्टनरको राजधानीको पहिचान बनाएको छ । पछिल्लो समयमा यस्ता कृत्रिम सेक्स पार्टनरको माग निकै बढेपछि उक्त सहरमा यस्ता कारखानाको संख्या पनि बढ्दै गएको छ । त्यहाँका सेक्स डल कारखानाले वर्षेनी लाखौँको संख्यामा ग्राहकका लागि हावा भरेर फुलाउन मिल्ने कृत्रिम युवती निर्माण गरेर बजारमा पठाउँछन् ।यो सहरमा पाँच वर्षअघि बाट यस्ता सेक्स डल कारखाना संचालनमा आएका थिए । यहाँ उत्पादन हुने सेक्स डल विशेष गरी चीन, जापान, कोरिया तथा टर्कीका ग्राहकका लागि लक्षित गरी उत्पादन थालिएको भएपनि अहिले विश्वभरबाटै यी प्लास्टिकका युवतीको माग ह्वात्तै बढेको छ ।
प्लास्टिक तथा रबरले बनेका सेक्स डलहरुको थुप्रोले कारखाना भरिएको हुन्छ र भुइँभरि पनि पुक्क फुलाइएका नग्न युवतीहरु पल्टिरहेका हुन्छन् । उपभोक्ताको रोजाइ तथा स्तरलाइ मध्यनजर गर्दै विभिन्न मूल्य तथा गुणस्तरका सेक्स डल निर्माण हुने गरेका छन् । सबैभन्द सस्तो सेक्स डलको मूल्य झण्डै ४ हजार ७ सय रुपैयाँ जति पर्छ । यी सेक्स डलको अनलाइन व्यापारका क्रममा विभिन्न खाले सेक्सी नाम दिइएको हुन्छ र ग्राहकले नामै तोकेर अर्डर गर्ने गर्छन् ।



Post a Comment