Headlines News :
Home » , , » आफन्तले नै खुवाए महिलालाई दिसा

आफन्तले नै खुवाए महिलालाई दिसा

Written By Unknown on Wednesday, October 8, 2014 | 6:10 AM

म्याग्दी, असोज २२ – म्याग्दीमा एक महिलालाई आज आफन्तले दुव्यर्वहार गर्दै दिसा खुवाएका छन् । बेनी नगरपालिका– ७ क्याम्पस चोककी ४२ वर्षीया कोपिला बानियाँलाई उनकी आमाजू र भान्जीले दिसा खुवाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बानियाँलाई स्थानीय ५० वर्षीया मैती थापा र २५ वर्षीया विस्सु केसीले दिसा खुवाएको प्रहरी निरीक्षक विमलकुमार उपाध्यायले बताए । पसलमा बसिरहेकी बानियाँलाई दिसा खुवाएको जानकारी पाएपछि थापा र उनकी छोरी केसीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक उपाध्यायले जानकारी दिनुभयो । “दिसा खुवाउने र पीडित दुवै पक्ष प्रहरी कार्यालयमा छन्,” उपाध्यायले भने – “घटनाको कारण पत्ता लगाई दोषीमाथि कानुनअनुसार कारबाही हुन्छ ।”

थापा बानियाँकी आमाजू र केसी भान्जी पर्छिन् । उनीहरू छिमेकीसमेत हुन् । प्रहरी कार्यालयमा पुग्दासमेत बानियाँले लगाएको कपडा, अनुहार र छातीमा दिसा देखिन्थ्यो भने उनी रोइरहेकी थिइन् । उनको शरीर दिसाले दुर्गन्धित बनेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा संलग्नले बानियाँलाई दिसा खुवाएको स्वीकार गरेका छन् । आफ्नो चरित्र हत्या गर्न खोजेको विषयमा छलफल गर्न जाँदा बानियाँले अपशब्द प्रयोग गरेकाले आमाले दिसा खुवाएको प्रहरी कार्यालयमा पुगेका सञ्चारकर्मीलाई केसीले प्रतिक्रिया दिए ।

पीडित कोपिलाका श्रीमान् यामबहादुर बानियाँले एक वर्षअघि भान्जी विस्सुको बच्चा बिरामी हुँदा कोपिलालाई बोक्सीको आरोप लगाएपछि मनमुटाव भएको र सोही विषयलाई लिएर श्रीमतीलाई दिसा खुवाएको बताए । पीडित र पीडक पक्षका अनुसार यसअघि घरपरिवार र आफन्तका सदस्यबीच मनमुटाव साम्य पार्ने प्रयास भए पनि सफल हुन सकेका छैनन् ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. iSanchar Nepal - All Rights Reserved
Contents Collected & Published by eVideoBuzz
Proudly powered by Blogger