सिराहा, असोज २३ – पहुना आएकी एक किशोरी सिराहामा सामुहिक बलात्कारको शिकार भएकी छिन् । सिराहाको नवराजपुरमा पहुना आएकी एक किशोरीलाई दुईजना युवक मिलेर बलात्कार गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार नवराजपुर १ बस्ने पुसे खत्बेको घरमा पहुना आएकी भारत मधुबनी ८ को कृष्णदेब मुखियाको १४ वर्षीय छोरी रीता (नाम परिवर्तन) को स्थानीय जगत मुखियाका २२ वर्षीय छोरा प्रबिन मुखिया र राज कुमार मुखियाको २० वर्षीय छोरा जितेन्द्र मुखिया मिलेर बुधबार जबरजस्ती करणी गरेका छन् ।
बारीमा रहेको अवस्थामा किशोरीलाई दुबै युवक मिलेर मुख बन्द गरी बगैँचामा लगी बलात्कार गरेको प्रहरीले जनाएका छन् । किशारीलाई बलात्कार गर्ने दुबै युवक फरार रहेकोले खोजी कार्य तीब्र गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बलात्कृत किशोरीको अवस्था समान्य रहेको छ ।
+ comments + 2 comments
I m mahbul nadaf nepal
asanchar blogsp
Post a Comment