Headlines News :
Home » , , , » अश्लिलतासँगै चलचित्रमा गुमनाम छन् नेपाली कलाकार

अश्लिलतासँगै चलचित्रमा गुमनाम छन् नेपाली कलाकार

Written By Unknown on Sunday, October 12, 2014 | 5:03 AM

२६ असोज, अश्लिल सिनेमाको माईलस्टोन 'लुट' र 'चपली हाईट' ले पैसा कमाएको देखेर यस्ता सिनेमा बनाउनेहरुको कलिउडमा बाढी नै आयो । नायिकाहरुलाई पनि नाङ्गिएर हिट भईन्छ र एक पछि अर्को गर्दै लगातार चलचित्र पाईन्छ भन्ने मानसिकताले 'जे पनि' गर्न पछि परेनन् । सुन्दर भविष्यको खोजीमा नाङ्गिएर नायिकाहरु अहिले 'गुनाम' बनेका छन् भने त्यस्ता चलचित्र बनाउने निर्माता तथा निर्देशक पनि पलायन भएका छन् । उनीहरुको  चलचित्र क्षेत्रमा उपस्थिति शुन्य प्रायः रहेको छ । 

कलिउडमा अश्लिल चलचित्रहरुको बाढी नै आयो तर चपली हाईट र विन्दासको श्रृंखलाबाहेकका कुनै पनि सिनेमाले दर्शक जुटाउन सकेनन् । यो सिनेमासँगै आएका हिरोईनहरु जिया केसी, विनिता बराल, सुष्मा कार्की, सुमिना घिमिरे, मोनिका दाहाल, पुजना प्रधान, सोनिया केसी, शुभेच्छा थापा, अरुणिमा लामा लगायत नायिकाहरु चलचित्रमा स्थापित हुन जस्तो सुकै सिन दिन पछि परेनन् । उनीहरुले कपडा खोल्दैमा दर्शकको मनमा भने बस्न सकेनन् ।

दिनेश थापाले निर्माण गरेको फिल्म एटिएममा जिया केसीले आफूलाई नङ्ग्याउन कत्ति पनि कन्जुस्याई गरिनन् । यती मात्र हैन, त्यो फिल्ममा मुखमा आएसम्मको अपशब्द  बोल्न पनि पछि परिनन् । नेपाली चलचित्रमा जम्ने उनको सपना भने 'एटिएम' ले चकानाचुर नै भयो । जियाको नग्नताको कारण चलचित्र एटिएममा लामो समय बन्देज हुन पुग्यो । एटिएमबाट निकै बिवादमा आएकी यी नायिकाको अर्कोे चलचित्र बर्बाद पनि करिब ६ महिना प्रतिबन्द भयो । बर्बादमा पनि जियाले सकेसम्म देखाइन् । 

दिनेश थापाले 'एटिएम' मा जियालाई मात्र नभई सोनिया शर्मा र सबिना कार्कीलाई लिएर छाडागाली र लाजमर्दो दृश्य राखेर एटिएम बनाए । एटिएमको प्रोमो निकै आलोचित, विवाद र घृणित मात्र भएन, अब नेपाली फिल्म कता जान्छ भनेर गम्भीर बहस नै चल्यो । त्यसपछि नै चलचित्रमा सेन्सर कडा भएर आयो । चलचित्र विकास बोर्डले त स्क्रिप्ट अध्ययन समिति नै गठन ग¥यो । चलचित्रजस्तो स्वतन्त्र र सशक्त माध्यममाथि सेन्सरको कडा कैँची चलाउन थाल्यो । त्यसको मार अहिले पनि छ । अहिले फिल्म बनाउन पहिला नै बोर्डबाट स्क्रिप्ट पास गराउनु पर्छ । जसले गर्दा फिल्म निर्माण अझ झन्झटिलो भएको छ । 

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. iSanchar Nepal - All Rights Reserved
Contents Collected & Published by eVideoBuzz
Proudly powered by Blogger