मुम्बई । मोडल तथा कलाकार हरसमय मिडिया छाउन चाहन्छन् । त्यसैले पनि उनीहरू बेलाबखतमा मिडियाका लागि चर्चा योग्य विषय बन्छन् र दिन्छन् । यी विषयमा भारतीय सेलिब्रेटी अन्यभन्दा निकै अगाडि छन् । गत होलीमा रंग र पिचकारीको प्रयोगसहितको तस्बिरले अभिनेत्री पुनम पाण्डे चर्चामा थिइन् ।
अहिले दीपावलीमा भारतीय उतराखण्डकी मोडल देवशी खण्डरी चर्चामा छिन् । ‘कसैले मविरुद्ध गलत कार्य गरेको छ,’ देवशीले भनेकी छन्, ‘कोही व्यक्ति मलाई बदनाम गर्न चाहन्छ ।’ ‘पटका’को पहिरनसहितको तस्बिरले अहिले देवशीले चर्चा पाएकी हुन् । उनका तस्बिरको अहिले सर्वत्र चर्चा छ ।
देवशीले लगाएको पटकाको पहिरनको तस्बिर इन्टरनेटमार्फत हेर्न पनि सकिन्छ । सन् २०११ मा देव आनन्दको चलचित्र ‘चार्जशीट’बाट बलिउड अभिनयमा डेब्यू गरेकी देवशीले यी तस्बिर आफ्नो निजी प्रयोजनका लागि खिचाएकी हुन् । तर इन्टरनेट मार्फत बाहिरिएको छ ।
तस्बिर सार्वजनिक भएपछि देवशी अहिलेले आफ्नो बचाउ गर्दै आएकी छन् । ‘कसैले मविरुद्ध गलत कार्य गरेको छ,’ देवशीले भनेकी छन्, ‘कोही व्यक्ति मलाई बदनाम गर्न चाहन्छ ।’
इन्टरनेटबाट बाहिरिएको तस्बिर आफ्नो सक्कली तस्बिर नभएको उनले खुलाइन् । ‘अश्लील तस्बिर मेरो होइन,’ उनले भनिन् ‘तस्बिर अश्लील बनाएर सार्वजनिक गरिएको छ ।’
तस्बिरमा देवशी निकै बोल्ड अन्दाजमा देखिएकी छन् । तस्बिरमा उनले आफ्ना गोप्य अंग पटकाको सहयोगमा लुकाएकी छन् । पछिल्लो समय साउथका केही चलचित्र अभिनय गरिरहेकी देवशी तस्बिर सार्वजनिकपछि तनावमा छिन् ।
Post a Comment